
शुक्रवार , जेठ २४, २०८२
भैरहवा, २३ जेठ । रुपन्देहीको भैरहवामा गौरी गोपाल पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ गल्लामण्डी (अस्थायी प्रहरी बीट, पिपरहिया) नजिकै सञ्चालनमा आएको पोलिक्लिनिकको बिहीबार शुभारम्भ गरिएको छ । पोलिक्लिनिकको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्नुभएको हो ।
पोलिक्लिनिकमा हाडर्जोनी तथा नशा रोग विशेषज्ञसहित विभिन्न विशेषज्ञ सेवा उपलब्ध रहेको सञ्चालक गोपाल उपाध्यायले बताउनुभयो । ५० लाख लगानीमा गौरी गोपाल पोलिक्लिनिक प्रा.लि.सञ्चालनमा आएको गोविन्द उपाध्यायले जानकारी दिनुभयो । पोलिक्लिनिकसँगै शिखर फार्मेसी पनि सञ्चालनमा आएको सञ्चालकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij