
मंगलवार , जेठ २८, २०८२
भैरहवा, २७ जेठ । विश्व आँखा दिवसको अवसरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर भैरहवामा सचेतना कार्यक्रम गरिएको छ । श्री रण अम्बिका शाह अस्पतालका चिफ मेडिकल डाईरेक्टर एवं पर्दा रोग विशेषज्ञ प्रा.डा.सुशिला पटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पर्दा रोग विशेषज्ञ डा.प्रकृति प्रधानले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
चालु आर्थिक वर्षमा यो अस्पतालबाट हालसम्म ४० जना बिरामीहरुको आँखाको नानी प्रत्यारोपण गरिसकिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिनुभयो ।
निमित्त अस्पताल व्यवस्थापक तुलसी प्रसाद पराजुलीको स्वागत तथा नेत्र अधिकृत अमर गौतमको सञ्चालनमा भएको कार्यक्रममा बाह््य कार्यक्रम संयोजक संजीव अधिकारी र अकुलोप्लास्टी सर्जन सह–प्रा.डा. विनिता भट्टराईको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij