२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गैरकानूनी राष्ट्रिय गार्ड आदेशको लागि क्यालिफोर्नियाद्वारा ट्रम्पविरुद्ध मुद्दा

बुधवार , जेठ २९, २०८२

अमेरिका, २८ जेठ । अमेरिकी क्यालिफोर्निया राज्यले संघीय आप्रवासन छापा मार्ने विरोधका बीच लस एञ्जलसमा राज्यको राष्ट्रिय गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनलाई मुद्दा हालेको छ । यो कदमलाई अधिनायकवादतर्फको एक स्पष्ट कदमका रुपमा चित्रण गरेको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसम र महान्यायाधिवक्ता रोब बोन्टाले राज्यको राष्ट्रिय गार्डको अवैध र अनावश्यक अधिग्रहण अन्त्य गर्न ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेको बताउनुभयो । ट्रम्पले अनावश्यक रूपमा लस एन्जलस क्षेत्रमा अराजकता र हिंसा बढाएको आरोप लगाउनुभयो । शुरुमा आप्रवासन प्रवर्तन अपरेशनको प्रतिक्रियामा विरोध प्रदर्शन शुरु भएको थियो ।

प्रशासनका अधिकारीहरूले लस एन्जलस, शिकागो र न्यूयोर्क लगायत प्रमुख प्रजातान्त्रिक नेतृत्वका शहरहरूमा आफ्नो प्रयास केन्द्रित गरेका छन् । विरोधका बीच ट्रम्पले गत शनिवार २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिनुभयो । अमेरिकी उत्तरी कमाण्डले सोमवार पुष्टि गर्यो कि लस एन्जलसमा भएको विरोध प्रदर्शनको प्रतिक्रिया दिन लगभग ७ सय अमेरिकी मरीनहरू सक्रिय पारिएका छन् । मरीनहरू राष्ट्रिय गार्ड सेनामा सामेल हुनेछन् ।