२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–५ मा उद्घोषण तालिम समापन

बिहिवार , जेठ ३०, २०८२

भैरहवा, २९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयद्वारा आयोजित तीनदिने उद्घोषण तथा भाषण कला तालिम (प्रशिक्षण) कार्यक्रमको समापन गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच तालिमको समापन गरिएको हो ।

युवा वर्गको नेतृत्व तथा व्यक्तित्व विकास गर्नका लागि तालिमको आयोजना गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताउनुभयो । वडाअध्यक्ष श्रेष्ठका अनुसार तालिममा २२ जनाको सहभागीता थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालले तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले प्रशिक्षकले बाटो देखाउने र प्रशिक्षार्थी त्यो बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१३ का वडा सदस्य सीता बुढाप्रिति, निलु श्रीस, वडा नम्बर ७ का वडा सदस्य सुष्मा प्रधान, रुपन्देही तेक्वान्दो संघका कोषाध्यक्ष रुक्मा थपलिया, प्रशिक्षक तथा पत्रकार शंकर पाण्डे, प्रशिक्षार्थी मुस्कान अग्रवाल, शोभा भट्टराई, स्वेता श्रेष्ठ, मनिष कुमार अग्रवाल लगायतले बोल्नुभएको थियो । 

वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।