
शनिवार , जेठ ३२, २०८२
बुटवल, ३१ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ले किरियापुत्री भवन उद्घाटन गर्नुका साथै विभिन्न विधामा ८१ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । बुटवल चाँदबारीमा ५६ लाखको लागतमा ६ कोठे किरियापुत्री भवन उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको २५ लाख तथा नगर र वडा गरेर ३१ लाख बजेटमा निर्माण भएको भवनको शुक्रबार बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, वडाअध्यक्ष लोकनाथ न्यौपाने, वडा सदस्यहरु लगायतले उद्घाटन गरे ।
लगत्तै वडा कार्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा सम्पत्ति कर व्यक्तिगततर्फ ५ जना, बहाल कर व्यक्तिगततर्फ ५ जना तथा सम्पत्ति र बहाल कर संस्थागततर्फ २/२ जना, सामाजिक व्यक्तित्व २० जना, उपभोक्ता समिति ३ वटा, टोल विकास संस्था ८ वटा, संस्थागततर्फ ७ वटा, आमा समूह ७ वटा, धार्मिक संस्था ११ वटा, जेष्ठ नागरिक ३ जना र ३ जना कर्मचारीलाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले नगरको विकासको लागि बुटवलले अत्यन्त्रै महत्वपूर्ण कार्यहरु गर्दै आइरहेको बताउँदै अहिले प्रतिफल र उपलब्धी देखिने बेला आएको बताउनुभयो । त्यस्तै नगर उपप्रमुख सावित्रादेवी अर्यालले उमहानगरले महिला तथा युवालाई रोजगारसँग जोडेर अगाडी बढेको बताउँदै आवश्यक तालिम माग गरेमा उपमहानगरकै खर्चमा प्रदान गरिँदै आएको बताउनुभयो ।
कार्यक्रममा बुटवल–६ का अध्यक्ष लोकनाथ न्यौपानले आफू निर्वाचित भएर आएसँगै गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा जानकारी गराउँदै आगामी आर्थिक वर्षमा समेत वडामा राम्रो बजेट आउनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।
किरियापुत्री भवन उपभोक्ता समितिका अध्यक्ष श्याम प्रसाद पाण्डेले भवन उत्कृष्ट अत्याधुनिक भवन बनेको दावी गर्नुभयो । सो अवसरमा वडाका अतिविपन्न परिवारलाई चामल समेत सहयोग प्रदान गरिएको वडाका कर्मचारी नारायण प्रसाद खनालले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij