२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना

बुधवार , आषाढ ४, २०८२

भैरहवा, ४ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सिद्धार्थनगर–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयमा कार्यक्रम भएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा विपद् उद्वार सम्बन्धी डेमो (पूर्वतयारी प्रशिक्षण) गरिएको थियो । कार्यक्रममा नेपाली सेना, रेडक्रस सोसाईटी, विद्यार्थी, जनप्रतिनिधि, कर्मचारी, महिला स्वयंसेविका लगायतको सहभागीता रहेको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

506492024_122168332106374605_5539551795513325107_n.jpg

विपद्को समयमा जोखिम न्यूनीकरणका साथै व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।