
बुधवार , आषाढ ४, २०८२
भैरहवा, ४ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा बुधबारदेखि तीनदिने अभिभावक शिक्षा तालिम सुरु भएको छ ।
भैरहवा सामुदायिक सिकाई केन्द्रको आयोजनामा सुरु भएको तालिमको एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालले उद्घाटन गर्नुभयो ।
सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, समाजसेवी श्रीराम गुप्ता, शिक्षक कन्हई प्रसाद यादव लगायतले बोल्नुभएको थियो । ४० जना अभिभावकको सहभागीता रहेको तालिमको सहजीकरण प्रशिक्षक श्याम खनालले गर्नुभएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij