२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अभिभावक शिक्षा तालिम समापन

शनिवार , आषाढ ७, २०८२

भैरहवा, ७ असार । भैरहवा सामुदायिक सिकाई केन्द्र सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको तीनदिने अभिभावक शिक्षा तालिम शुक्रबार समापन भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा तालिम सञ्चालन भएको थियो ।

तालिममा सहभागीलाई सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्साल तथा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा वक्ताहरुले अभिभावकको भूमिकाका बारेमा तालिमले महत्वपूर्ण काम गरेको बताउनुभयो । 

सिकाई केन्द्रका सदस्य श्रीराम गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक टंक अधिकारी, प्रशिक्षक, प्रशिक्षार्थी लगायतले बोल्नुभएको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन सामाजिक परिचालक कला तिवारीले गर्नुभएको थियो । तालिममा ४० जनाको सहभागीता रहेको सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीले जानकारी दिनुभयो । तालिमको सहजीकरण श्याम खनालले गर्नुभएको थियो ।