२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

काठमाडौं-दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयोः सांसद महासेठ

आइतवार , आषाढ ८, २०८२

काठमाडौं, ८ असार । नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महंगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताउनुभएको छ । 

आईतवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपालीहरुले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद् भएको बताउनु भयो । उहाँले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताउनु भयो । यस्ता कुराहरुको ब्रेक उड्डयनमन्त्रालयले गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल—भारत हवाई मात्रा बढाउनुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हाम्रो एयरलाइन्स धेरै कम हामी इण्डिया रुटमा प्रवेश गर्छौं । एउटा सामान्य नेपालीले दिल्ली जानलाई ६० हजार रुपैयाँ , ८० हजार रुपैयाँ एक इकोनोमिक क्लासमा तिर्नु भनेको त यो दुःखद् कुरा हो । यसलाई कसरी हामी नियन्त्रण गर्दछौँ ? अर्को कुरा ४० हजारमा एक साइडको टिकट लिनुस्, ३० हजारमा एक साइडको टिकट लिनुपर्छ । अब कुन सिट रोज्ने ? अगाडिको सिटलाई पाँच हजार रुपैयाँ छुट्टै तिर्नुपर्छ । यस्तो अरु देशमा त देख्दैनौँ । त्यो चिज ब्रेक गर्ने काम हाम्रो मन्त्रालयले गर्नुपर्छ । हाम्रो एयरलाइन्स कम होलान् तर मात्रा बढाऔँ ।’

समितिको बैठकमा आईतवार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि  समितिमा सैद्धान्तिक छलफल भएको हो ।