
मंगलवार , आषाढ १०, २०८२
रुपन्देही, १० असार । भारतको प्रतिष्ठित एसी ब्राण्ड ब्लू स्टारले रुपन्देहीको बुटवलमा आयोजना गरेको ‘टेक कनेक्ट’ कार्यक्रमले लुम्बिनी प्रदेशका प्रविधिकहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवहारिक ज्ञान प्रदान गरेको छ । एयरकोन नेपाल इन्कर्पोरेटेडको आयोजनामा सम्पन्न यो प्राविधिक अन्तरक्रिया सत्रले बुटवल, भैरहवा र वरपरका क्षेत्रहरूबाट आएका दर्जनौं प्राविधिकलाई एसी प्रविधिमा अझ दक्ष बनाएको हो ।
कार्यक्रममा ब्लू स्टारले आफ्ना नवीनतम एसी मोडेलहरू प्रस्तुत गर्दै तिनको कार्यप्रणाली, तुलनात्मक विशेषता, मर्मत–सर्भिसिङ प्रक्रिया, सुरक्षा मापदण्ड र स्पेयर पाट्र्स व्यवस्थापनमा केन्द्रित व्यावहारिक प्रशिक्षण दिएको थियो । सहभागीहरूका लागि यो सत्र केवल तालिम नभइ आफ्नो सीप परीक्षण गर्ने सुनौलो अवसर समेत बनेको आयोजकको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बुटवलका लागि आधिकारिक वितरक एस के ट्रेडिङ एण्ड फिल्टर हाउसका प्रबन्ध निर्देशक सुनिल गौतमले ब्लू स्टारको ८० वर्षे यात्राको सन्दर्भ उठाउँदै भन्नुभयो– ‘अन्य ब्राण्डहरू प्रचारमा अगाडि छन् । तर, ब्लू स्टार व्यवहारमा हामीले दिएको वाचाअनुसारकै सेवा प्रवाह गर्ने हाम्रो विशेषता हो ।’
त्यस्तै भैरहवा क्षेत्रमा ब्लू स्टारको आधिकारिक वितरक लुम्बिनी आईटी ट्रेडका प्रबन्ध निर्देशक राजेश कसौधनले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो–‘पछिल्लो चार वर्षदेखि हामीले ब्लू स्टारका सम्पूर्ण रेञ्ज बजारमा उपलब्ध गराएका छौं । यसको गुणस्तर मात्र होइन, विक्रीपछि सेवा पनि अत्यन्त सन्तोषजनक छ ।’
गौतम र कसौधन प्राविधिकहरूलाई आगामी दिनहरूमा आवश्यक सबै सहयोग, तालिम तथा समन्वयमा निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा इनभर्टर तथा नन–इनभर्टर एसी, क्यासेट एसी, कमर्शियल, सेन्ट्रल र औद्योगिक प्रयोजनका एसी मोडेलहरूबारे सजीव प्रस्तुति गरिएको थियो । साथै, एयरकोन नेपालद्वारा सञ्चालित कोल्ड स्टोर निर्माण तथा जडान सेवाबारे पनि जानकारी गराइएको थियो ।
एयरकोन नेपालका महाप्रबन्धक राज आलमले ‘टेक कनेक्ट’ कार्यक्रम यसअघि विराटनगर, जनकपुर, हरिवन, हेटौंडा र चितवनमा सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘अब हामी राजधानी काठमाडौं र नेपालगंजमा पनि यस्तै सत्र सञ्चालन गर्दैछौं । प्राविधिकहरूलाई सशक्त बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।’ एयरकोन नेपाल इन्कर्पोरेटेडको कार्यालय वीरगंजको मेन रोड रानीसेती मन्दिर अगाडि रहेको छ भने मुख्य कार्यालय काठमाडौंको सोल्टीमोडमा छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij