
शुक्रवार , आषाढ १३, २०८२
काठमाडाैं, १३ असार । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज शुक्रबार साँझ ६ बजे सार्वजनिक गरिने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरमा बसेको परीक्षा बोर्डको बैठकले आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार सबै तयारी पूरा भइसकेको छ र तोकिएको समयमै नतिजा सार्वजनिक गरिनेछ।
चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले वेबसाइट, एसएमएस सेवा मार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij