२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आइतबारदेखि भैरहवामा ‘यामाहा मेगा एक्सचेञ्ज अफर’

शनिवार , आषाढ १४, २०८२

भैरहवा, १४ असार । ‘यामाहा मेगा एक्सचेञ्ज अफर’ असार १५ गते आइतबारदेखि सुरु हुने भएको छ । अफर अन्तर्गत कुनै पनि कम्पनीको मोटरसाईकल २५ हजार न्यूनतम मूल्यांकन, ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स, भ्यालु एडिसन रु. १० हजार सुविधा रहेको एम.ए.डब्लु.प्रा.लि. नारायणस्थान, भैरहवाका शोरुम म्यानेजर मनोज गुप्ताले बताउनुभयो ।

त्यस्तै ६ हजार नगद छुट, २ वर्षसम्म ट्याक्स, राईड फ्री, फ्री एक्सेसरीज (हेल्मेट, लेग गार्ड, फूट म्याट, बाईक कभर, ब्याग) सुविधा रहेको उहाँले जानकारी दिनुभयो । अफर असार २० गतेसम्म सञ्चालन हुने एम.ए.डब्लु.प्रा.लि.ले जनाएको छ ।