२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

छुरा प्रहार गरी एक वृद्धको हत्या

बुधवार , आषाढ १८, २०८२

जनकपुर, १८ असार । जनकपुरधाम उपमहननगरपालिकाका वडा नं. १५ रामपुर निवासी अन्दाजी ७५ वर्षिय वासुदेवप्रसाद विमलको छुरा प्रहार गरी हत्या भएको छ ।

बुधवार बिहान बासुदेवलाई उनको आफ्नै ज्वाइँ वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठ आफ्नै घरमा प्रवेश गरी छुरा प्रहार गरेर हत्या गरेका हुन् । वासुदेवलाई उनका ज्वाइँ बेचनले घरायसी विवादका कारण घरमै छुरा प्रहार गरेको प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताउनु भयो । 

छुरा प्रहारबाट घाइते वासुदेवको अस्पताल ल्याउंदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटना पश्चात आरोपित बेचन फरार भएका छन् ।