२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

चेतन दाइको सम्झना

शुक्रवार , श्रावण ९, २०८२

भैरहवा । चेतन दाइ (बरिस्ठ सन्चारकर्मी भैरहवा) सङगको मेरो सामिप्यता २०६२ साल मङ्सिरबाट सुरु भएको थियो । त्यति बेला म नेपाल वान टिभीमा पाल्पा, गुल्मी र अर्घाखाँचिको  रिपोटिङ पाल्पा सदरमुकाम तानसेनमा बसेर गर्दथे । मेरो गृहजिल्ला पनि पाल्पा नै थियो ।
 
अचानक टिभीले हाललाई  पाल्पा छोडेर बुटवल झर्नु भन्यो । मैले पारिश्रमिकको कुरा गर्दा त्यती बेला १० हजार रुपैयाँ मासिक प्राप्त हुने र अन्य सेवा सुबिधा पनि पाइने आश्वासन पछि म अर्को दिन बुटवल झरे । तर मैले गन्तब्य भने भैरहवा बनाए । 
 
समाचारमा खिचेका क्यासेट (भिडियो फाइलहरु) बिमानस्थलबाट काठमाडौ पठाउनु पर्थ्यो दिनहु जसो । त्यसैले भैरहवा गन्तब्य बनाए । साथै मामाघर मधवलिया र ससुराली पनि भैरहवा सेरोफेरो रहेका कारण थप सहज भयो । त्यति बेला देश द्वन्दको चरम भुमरीमा थियो । कति बेला कहाँ के हुन्छ थाहा थिएन। 
 
भैरहवा आएको अर्को दिन महेन्द्र सभा गृहमा राजदरबार सम्बन्धी  एक कार्यक्रम थियो । थाहा पाएर त्यहा गए । खासै कसैलाई चिनिन। चेतन दाइले उद्घोषण गर्नु भएको थियो । उहाका भाइ सम्भु पन्तले छायाङ्कन गर्दै हुनुहुन्थ्यो। 
 
चेतन दाइ इमेज टिभीमा र शम्भु दाइ नेपाल टिभीमा काम गर्नु हुन्थ्यो । ती बाहेक माधव ढुंगाना (कान्तिपुर), कुलमणि ज्ञवाली (समाचार पत्र ) र सारदा मल्ल (च्यानल नेपाल) सङ्ग त्यही परिचय भयो । पछि दिपेस पछाइ, टिपि भुसाल र मुकेश पोख्रेलसीत पनि परिचय भयो।
 
शम्भु दाइको मिलन चोकमा फोटो फेमस नामको स्टुडियो थियो । मसित त्यति बेला क्यामरा नभएकाले त्यही गएर कार्यक्रमको भिडियो माग्न गएको बेलामा चेतन दाइ पनि त्यही हुनु हुन्थ्यो । उहाँसित परिचय पछि भिडियो दिनु भयो र काठमाडौ पठाउन बिमानस्थल गए । समाचार फ्याक्स गरि पठाए ।
 
त्यस दिन देखि दाइसित सामिप्यता बढ्यो र यो क्रम बिस्तारै बढ्दै गयो । पछि विभिन्न कार्यक्रममा चेतन दाइसित सङ्गै हिड्न थाले । चेतन दाइको ४ जनाको सानो परिवार भाउजू गङगा पन्त, छोराहरु उत्सव पन्त र उमंग पन्त । सानो परिवार सुखी परिवार ।
 
हिड्दा हिड्दै थाहा पाए उहाँको लगाव अनी झुकाव लुम्बिनीमा बढी थियो । प्राय गइरहनु हुन्थ्यो । म पनि उहाँको झुकाव र लुम्बिनी प्रतीको मोह थाहा पाएर अझ बढी नजिक हुन खोज्थे । मलाइ पर्यटन र अर्थतन्त्रको समाचार प्रती बढी रुचि थियो । पछि आर्थीक कारोबारमा जोडिएपछि आर्थिक पर्यटन  सामाचार बढी लेख्न थाले ।
 
दाइ देश बिदेशमा भ्रमण गर्नु हुन्थ्यो । हामी उहाँको भ्रमणको स्मरण सुन्दै आफै देश बिदेश गएको अनुभव गर्थ्यौ । म पनि २०६३ असारबाट भैरहवामा घर भाडामा बस्न थाले । श्रीमती सरिता सापकोटा र छोरि अभिलाषा शर्मा (हाल क्यानाडा) लाई पनि भैरहवा बोलाएर सङ्गै बस्न थाल्यौ । त्यति बेला छोरी २ बर्षकि थिइन।
 
समय क्रम बढ्दै गयो दाइको रुचि फोटोग्राफी र डकुमेन्ट्री निर्माणमा पनि थियो । साथै चराचुरुङ्गी र ताल तलैयाको भिडियो फोटोमा पनि लगाव भएकाले कहाँ कहाँ पुग्नु हुन्थ्यो । कति ठाउँमा म पनि सङ्गै जान्थे त कति ठाउँमा दाइ एक्लै गएर पछि मनोरञ्जन आज यो बनाए, हेरत भनेर देखाउनु हुन्थ्यो । म पनि हेर्थे । पछि दाइको जेठो छोरा उत्सव पन्त अमेरिकामा डिभी परेर उतै गए । अहिले पनि अमेरिका नै छन् ।
 
कान्छा छोरा उमंग  पन्त पनि पछि अस्ट्रेलिया गए पछि घरमा दाइ भाउजू मात्रै हुनुभयो । दाइले त्यस बिचमा रास्ट्र बैंक सिद्धार्थ नगरमा काम गर्नु हुन्थ्यो । दाइले बिच बिच मा आफ्ना जिवनका रमाइला कुरा सुनाएर हसाउनु हुन्थ्यो । येसै बिच दाइसङ्गै थाइल्यान्ड २ पटक, श्रीलंका र मलेशिया भ्रमण गरे ।
 
पर्यटन प्रवर्द्धन मुख्य गरि बुद्ध जन्मस्थल लुम्बिनीको थियो । त्यहा दाइले खिचेको तयार गरेको लुम्बिनी सम्बन्धी डकुमेन्ट्री, फोटोहरु प्रदर्शन गर्थ्यौ । भारतको सरावस्ती, बोधगया, कुशिनगर पनि सङ्गै गयौ धेरै पटक । नेपालका धेरै ठाउँमा सङ्गै गैयो । दाइ सिद्धार्थ होटल संघ (सान)को पर्यटन सल्लाहकार हुनुहुन्थ्यो भने म प्रेस सल्लाहकार थिए ।
 
सानका अध्यक्ष सिपि दाइ (चन्द्र प्रकाश श्रेष्ठ ) सङ्गै हामी भारतको विभिन्न शहर र नेपालका धेरै स्थानमा पर्यटन प्रवर्द्धन कार्यक्रममा गयौ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल  समयमै सम्पन्न भएर सन्चालनमा आउन पर्छ भनेर भिडियो, फोटो, समाचार र लेखहरुको माध्यमबाट दवाब दिई राख्नु हुन्थ्यो ।
 
बुद्ध जन्मस्थल  लुम्बिनी र बुद्ध जिवनीमा आधारित रुपन्देही, कपिलवस्तु, नवलपरासीको प्रबर्द्धनका लागि हामी प्राय  लुम्विनीका भिक्षु मैत्री महास्थबिर पनि हामीसङ्गै हुनुहुन्थ्यो । दाइ र भिक्षु मैत्रीको मित्रता पहिला देखीनै थियो भने मलाइ दाइले चिनाइदिनु भएको थियो । 
 
उहाँ सितै हामी श्नीलंका गएका थियौ । समय क्रम बढ्दै गयो । उहाँसङ्ग सामिप्यता बढ्दै गयो ।  भिक्षु मैत्री सङ्ग पनि हामी तीन जना खुब मिल्थेयौ । बुद्ध दर्शनका कुरा उहाँबाट सुन्ने गरेको याद ताजा छ ।
 
यसै क्रममा भिक्षु मैत्रीको आन्द्रामा प्राणघातक रोग क्यान्सर देखियो।अहिले पनि उहाँ उपचारमै हुनुहुन्छ। दाइको एउटा बानी थियो पान र पान मसाला खाने।  केही खाइ सके पछि दात सिन्काले कोट्याउने बानी दाइको थियो । तर  स्वास्थ्यको एकदम केयर गर्नु हुन्थ्यो । 
 
२०७८ को अन्तिम तिरको कुरा हो दाइ भाउजू माता बैस्णोदेवीको दर्शन गरेर फिर्ता आउदा बनारस विश्व विद्यालय  (बिएचयु मा) परिक्षण गर्दा गिजामा क्यान्सर रहेको प्रमाणित भयो । यो २०७८ चैत्रको कुरा हो । दाइले त्यहि शल्यक्रिया गर्ने निर्णय गर्नु भयो घर परिवारको सर सल्लाहमा। 
 
छोराहरु पनि आइपुगे । दाइ भैरहवा आएर सल्यक्रियाको लागि बनारस जानु भयो। चैत्र अन्तिममा दाइको सल्यक्रिया सम्पन्न भयो र केही समय बनारस नै बस्नु भयो। पछि नियमित परिक्षण दिल्लीमा गर्नु हुन्थ्यो । केही समय किमो थेरापी त्यही चढाउनु भयो । अमेरिकामा रहेको छोरा उत्सवले बुवाको उपचारमा निकै मद्धत गरे । आफ्नो त्यहाको ब्यवसायको वास्ता नगरी बुवाको उपचारमा जुटि रहे।
 
अस्ट्रेलिया गएका छोरा उमंगले पनि सक्दो सहयोग गरे । उनी अस्ट्रेलिया छाडेर प्राय सङ्गै हुन्थे बुवा आमासित l गङ्गा भाउजुले दाइको रात दिन स्याहार गर्नुभयो । 
 
२ बर्ष अगाडि २०८० जेठ तिर दाइ फलोअपमा दिल्ली जाँदा अर्को पट्टी फैलिएको थाहा भयो । बुवा ठिक हुनु भयो भनेर बिदेश गएका छोराहरु पुन फिर्ता आए। दाइ साउनमा काठमाडौं आएर हरिसिद्धी स्थित नेपाल क्यान्सर अस्पतालमा किमो थेरापी लगाउन उतै परिवार सहित बस्न थाल्नु भयो । 
 
दाइलाई बिस्तारै बिस्तारै रोगले गलाउन थाल्यो । छोराहरुले बुवा निको हुनुहुन्छ भनेर धेरै खर्च गरे । गङगा भाउजूका अनुसार दाइको उपचारमा २ करोड बढी खर्च भयो। यहि बिचमा मलाइ पनि २०८० भदौबाट त्यही ब्यथा (क्यान्सर)ले समात्यो । म पनि अहिले उपचारमा छु। 
 
२०८१ असारमा दाइलाई भैरहवा घर ल्याइयो । जेठो छोरा उत्सव अमेरिकाबाट आइसकेका थिए भने कान्छो छोरा उमङ बुवा आमा सङ्गै थिए।
 
अन्तत दाइले २०८१ श्रावण २० गते यस धर्तीबाट बिदा लिनु भयो । त्यति बेला म शल्यक्रिया पछि काठमाणडौ मै थिए। राती फेसबुकमा देखेपछि खुट्टा लगलग कापे, सरिर चिसो भयो । रात भरी सुत्न सकिन। अझै पनि बिश्वास लाग्दैन दाइ हुनु हुन्न भनेर। प्राय पछिल्लो समय बिहान घरमा आएर उठाउदै सरिता ग्रीन टि बनाउ भन्नू हुन्थ्यो । अहिले पनि त्यस्तै लाग्छ, आउनु हुन्छ कि भनेर । छोरा आगमनले हजुर बुवा आउनु भयो भन्थ्यो ।
 
तिथि अनुसार आज शुक्रबार दाइको वार्षिक पुन्यतिथि हो। मैले आज सम्म दाइलाई श्रद्धाञ्जली दिन सकेको थिइन। आजै यो लेख मार्फत दाइलाई श्रद्धाञ्जली एवम भाउजू गङ्ग र भतिजहरु उत्सव एवम उमंगसाथै सिङ्गो परिवारमा समबेदना दिन चाहन्छु ।
 
(शर्मा बिगत २ बर्ष देखि क्यान्सरको उपचार गराइ रहेका भैरहवाबाट प्रकाशित हुने न्यूज ओकेका सम्पादक हुन् )