images

सोमवार, बैशाख १७ गते २०८१

कोभिड–१९ : सिमानाका बेलहियाबाट धमाधम नेपाल भित्रिदै, हेल्थ डेस्क प्रभावहिन

कोभिड–१९ : सिमानाका बेलहियाबाट धमाधम नेपाल भित्रिदै, हेल्थ डेस्क प्रभावहिन

images
images
images
बिहिवार, बैशाख ९ २०७८
बिहिवार, बैशाख ९ २०७८
  • कोभिड–१९ :  सिमानाका बेलहियाबाट धमाधम नेपाल भित्रिदै, हेल्थ डेस्क प्रभावहिन

    भैरहवा, ९ वैशाख। नेपाल भारत सीमा नाका बेलहियाबाट दैनिक हजारौको संख्यामा नेपाली तथा भारतीयहरु नेपाल प्रवेश गरिरहेका छन् । कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको भए पनि भारतबाट नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच तथा निगरानी भने फितलो रहेको छ ।

    भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसका संक्रमित थपिए पनि भारतबाट नेपाल प्रवेश गर्नेहरुको निगरानी तथा स्वास्थ्य जाँच प्रभावकारी नहुँदा नेपाल कोरोनाको हटस्पोट बन्ने खतरा बढ्दै गएको छ । कोभिड–१९ को दोस्रो लहर युके भेरियन्टका कारण पछिल्लो केही हप्ता यता संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । नेपालका अन्य शहरमा जस्तै सीमावर्ती जिल्ला रुपन्देहीमा पनि कोरोना संक्रमण दर दैनिक रुपमा तीव्र रुपमा बढेको छ । संक्रमणको जोखिम बढ्दै गए पनि नियन्त्रणका लागि भने प्रभावकारी काम हुन सकेको छैन । सीमा तथा अन्य क्षेत्रमा सरकारी प्रयास पनि फितलो रहेको छ ।

    नेपालमा देखिएका पछिल्ला कोभिड संक्रमितमध्ये अधिकांशको ट्राभल्स हिस्ट्रीमा भारतका विभिन्न शहर उल्लेख छ । खुल्ला सीमानाका कारण नेपाल–भारत आउजाउ गर्न निकै सहज छ । यसले गर्दा पनि संक्रमण तीव्र फैलिएको जानकारहरु बताउँछन् ।

    रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक सरदर एक हजारको हाराहारीमा नेपाल प्रवेश गर्ने गरेको भए पनि ४÷५ सय जनाको मात्रै सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा ईन्ट्री गर्ने गरिएको छ । इन्ट्री गरिएकालाई पनि सामान्य ज्वरो नापेर नेपाल प्रवेश दिइने गरिएको छ ।
     
    प्रभावहिन हेल्थ डेक्स

    images

    IMG_7031.JPG

    भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बेलहिया नाकामा गएको चैत १० गतेदेखि पुन : हेल्थडेस्क स्थापना गरियो । भारतबाट नेपाल आउने हरेक यात्रुको ज्वरो मापनसहित कोभिड–१९ को सामान्य लक्षणको निदान गरी त्यसको आधारमा नेपाल आउनलाई प्रवेश दिने र शंकास्पद यात्रुको सीमा नाकामै स्वाव परीक्षण गरी व्यवस्थापन गर्नका लागि हेल्थ डेस्कको स्थापना गरिएको हो । तर, चरम जनशक्ति अभावका कारण हेल्थ डेस्क प्रभाव हिन बनेको छ । भारतबाट नेपाल प्रवेश गर्ने धेरैजसो नागरिक हेल्थ डेस्क तर्फ नलागि लुकिछिपि नेपाल प्रबेश गर्ने गरेका छन् ।

    ९ जनाको दरबन्दी रहेको हेल्थ डेस्कमा जम्मा तीन जना स्वास्थ्यकर्मी छन् । जनशक्ति अभाव र सरकारी उदासिनताका कारण भारतमा रोजगारी गरी फर्कनेहरुको ज्वरो नापजाँच समेत हुन सकेको छैन् । हेल्थडेस्क स्थापना पछि भारतबाट साढे १५ हजार बढी नेपालीहरु स्वदेश फर्किएका छन् । यीमध्ये अहिलेसम्म १ सय ५ जनाको मात्रै एन्टिजिन जाँच भएको छ । जनशक्ति अभाव र भिडभाडले गर्दा निर्वाध रुपमा आउजाउ छ । यसले गर्दा रुपन्देही कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ ।

    IMG_7072.JPG

    सीमामा स्थापना गरिएको हेल्थ डेस्क प्रभावहिन देखिएको छ । हेल्थ डेस्कबाट भारतबाट नेपाल तर्फ आउनेलाई अनुहार हेरेर प्रबेश दिइने गरिएको छ । भारतीय मुलका नागरिक जस्ता देखिनेलाई सामान्य ज्वरोसम्म नापेर पठाउने गरिएको छ । भारतबाट अलि ठुलो झिटिगुन्टा बोकेर आउने नेपालीको रेकर्ड राखेर ज्वरो नापेर पठाइने गरिएको भए पनि अधिकांश भारतबाट आउने नेपालीलाई भने सिधासिध प्रवेश दिईएको छ ।

    IMG_7022.JPG

    ज्वरो नाप्ता १०० डिग्री भन्दा माथि आएका र सामान्य लक्षण देखिएकालाई भने नजिकै रहेको होल्डिङ सेन्टरमा रहेको एन्टिजीन जाँच गर्ने स्थानमा लगेर जाँच गर्ने गरिएको छ । वैशाख १३ गते स्थापना भएको हेल्थ डेस्कमा बुधबार दिउँसोसम्म १ सय ५ जनाले एन्टिजीन जाँच गरेको त्यहा कार्यरत ल्याव टेक्निसियन दिया शर्माले जानकारी दिइन् । उनका अनुसार १ सय ५ जनामध्ये ७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । उनीहरुलाई प्रहरीको सहायतामा आफ्नो घरतर्फ गन्तव्यसम्म पुर्याइएको शर्माको भनाइ छ ।
     
    कोरोना पोजेटिभ नै हराउँछन सीमाबाट

    भारतमा रोजगारी गरी फर्किएका नवलपरासीका एक पुरुषको रुपन्देहीको बेलहिया नाकामा एन्टीजिन जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । होल्डिङ सेन्टरमा बसिरहेका उनी कोरोना पुष्टिपछि त्यहाँबाट भागे, अहिले उनी कहाँ छन् भन्ने अत्तोपत्तो छैन् । बुधबार दिउँसोसम्ममा उनीजस्तै बेलहिया नाका हुँदै फर्किने अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ । कतिपयलाई प्रहरीले सहायताले आफ्नो घरसम्म पुर्याइए पनि कतिपय भने होल्डिङ सेन्टरमा बस्छु भनेर भाग्ने गरेका छन् । खुल्ला सीमानाका कारण लुकेर छिपेर दैनिक सयौंको संख्यामा नेपाली तथा भारतीयहरु नेपाल प्रवेश गर्ने गरेका छन् । जसका कारण नेपाल कोरोनाको हटस्पट बन्दै गएको छ ।

    जिल्लामा कोरोना संक्रमण दर उच्च बन्दै गएपछि जिल्ला तरीय कोडिभ संकट व्यवस्थापन केन्द्रले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गरेको छ । तर, होल्डिङ सेन्टर प्रभावकारी नहुँदा संक्रमण फैलिने त्रास बढेको छ।

    IMG_7026.JPG

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारले तोकेका मापदण्डमा कडाइ गरी भिडभाड नगर्न निर्देशन दिएको उल्लेख गरे । उनले सीमा नाकामा चेकजाँचलाई थप प्रभावकारी बनाउने उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij