२०८३, श्रावण १७ गते

Aug 02 2026 | २०८३, श्रावण १७ गते

एकदिवसीय पुनर्ताजगी तालिम सम्पन्न

आइतवार , श्रावण १७, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • पाल्पा, १७ साउन । सामुदायिक रानीबास होमस्टे, रम्भा गाउँपालिका–२, फोक्सिङकोट, पाल्पाले होमस्टे सञ्चालन र व्यवस्थापनसम्बन्धि एकदिवसीय पुनर्ताजगी तालिम रानीबासमा सम्पन्न गरेको छ । तालिममा होमस्टेको स्वमूल्यांकन र वर्तमान अवस्थाका बारेमा ग्रामीण विकासका विज्ञ युवराज घिमिरे, होमस्टेको सञ्चालन र व्यवस्थापनका आधारभूत पक्षमा पर्यटनकर्मी दलबहादुर गुरुङ र  होमस्टेसँग समन्वय एवम् सहयात्रा विषयमा सामाजिक अभियन्ता अनन्तराज सिलवाले सहजीकरण गर्नुभएको थियो । 

    सहभागीतर्फबाट देउकुमारी सारु, बीरबहादुर गुरुङ, देवेन्द्र सारु, युनिषा गाहामगर र नरमति सारुले तालिमबाट प्रशस्त कुरा सिक्ने अवसर मिलेको बताउनुभयो । उहाँहरुले रानीबास होमस्टेको प्रचारका लागि सक्दो प्रयास गरिएको र थप प्रचारका लागि वेवसाइट निर्माण र परिचयात्मक पुस्तक प्रकाशन जरुरी रहेको बताउनुभयो । साथै होमस्टेमा रैथाने उत्पादनको प्रयोग, मौलिक साँस्कृतिक कार्यक्रमको प्रस्तुति नियमित गरिने प्रतिवद्वता होमस्टेकर्मीहरुले जनाउनुभयो । 

    जिल्ला समवन्य समिति, पाल्पाका सदस्य एवम् समापन कार्यक्रमका प्रमुख अतिथि भोविसरा सारुले तालिम प्रभावकारी रहेको बताउँदै होमस्टेमार्फत् समृद्धिको आधार तयार भएको बताउनुभयो ।

    सोही कार्यक्रममा रम्भा–२, फोक्सिङकोटका वडाध्यक्ष चेतबहादुर सुनारी मगरले आफ्नो गाउँको पहिचान र परिचयको क्षेत्र यहाँको होमस्टेले फैलाएको बताउनुभयो । उहाँले होमस्टेसम्बन्धि आयोजित पुनर्ताजगी तालिमलाई सक्दो रुपमा अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।