
बुधवार , पौष २१, २०७८
भैरहवा, २१ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ को प्रथम वडा सम्मेलन मंगलबार भैरहवामा सम्पन्न भएको छ ।
सम्मेलनले अनिता थापा मरासिनीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा सरस्वती शाही, सचिवमा चिन कुमारी पुन, सह–सचिवमा विष्णु थापा र कोषाध्यक्षमा लक्ष्मी जानन्धर रहेका छन् । त्यस्तै सदस्यहरुमा सुष्मा गुरुङ, दुुर्गा भण्डारी, सिता वर्मा, देवी गुरुङ, प्रभावती वर्मा र पूर्ण थापा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेमसंघ लुम्बिनी प्रदेश कमिटी सदस्य सीता काफ्लेले एमाले र अनेमसंघ जनताको मनमा बस्न सफल भएको बताइन् ।
त्यस्तै एमाले नेता नरेन्द्र भण्डारी, पार्टीका सिद्धार्थनगर–१३ का अध्यक्ष तथा विद्यार्थी इञ्चार्ज भिम भण्डारी लगायतले बोलेका थिए । सविता रसालीको अध्यक्षता, अनेमसंघ रुपन्देही जिल्ला कमिटी सदस्य शिव श्रेष्ठको स्वागत तथा अनेमसंघ सिद्धार्थनगर सचिव दिलु कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij