२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

तिलोत्तमा रक्तदाता समाज र अपूर्व गेमिङ जोनद्वारा रक्तदान

आइतवार , कार्तिक १५, २०८३

  • 151
    Shares
  • 151
    Shares
  • भैरहवा, १५ कार्तिक । तिलोत्तमा रक्तदाता समाज, तिलोत्तमा र अपूर्व गेमिङ जोन प्रा.लि., सिद्धार्थनगर–१२, रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा शनिबार भैरहवास्थित होटल मौर्य परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।

    कार्यक्रममा ४६ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रममा रुपन्देही नागरिक समाज, सिद्धार्थनगरका अध्यक्ष अमित कुमार गुप्ता, नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्याय, होटल मौर्यका प्रबन्ध निर्देशक सन्दीप मौर्य, तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोविन्द बन्जाडे, अरुण पन्थी, रामप्रसाद सापकोटालगायतको सहभागीता रहेको थियो ।

    WhatsApp Image 2026-11-01 at 2.22.36 PM.jpeg

    कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले रगतको व्यवस्थापन गर्ने जिम्मेवारी रेडक्रसको रहेको बताउनुभयो । उहाँले समाजका अगुवा, सामाजिक अभियन्ता, शुभेच्छुक संघ–संस्था तथा आम नागरिकको साथ र सहयोगमा जिल्लामा रगतको सहज व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो ।

    उहाँले रक्तदानजस्तो मानवीय सेवाको कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले चाडपर्वको समयमा रक्तदानको अभाव हुन नदिन यस्ता कार्यक्रम सहयोगी बनेको बताउनुभयो ।