२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

नेपाल मुस्लिम संघ रुपन्देहीद्वारा स्वागत तथा सम्मान

बिहिवार , पौष २२, २०७८

भैरहवा, २२ पुस ।
नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति, रुपन्देहीले बिहीबार भैरहवामा स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । संघले कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अब्दुल रज्जाक, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसिउद्दीन खाँ, कांंग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खान, पार्टीको रुपन्देही जिल्ला सभापतिमा निर्वाचित रामकृष्ण खाँण र राष्ट्रपतिद्वारा पदक पाएका इस्तियाक अहमद खाँलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले कांग्रेस सबैको साझा पार्टी भएको बताए । उनले सबैलाई समेट्ने पार्टी कांग्रेस भएको दावी गरे ।

त्यस्तै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले कम्युनिष्ट पार्टीले मुस्लिम समुदायलाई उचित स्थान दिन नसकेको बताए । उनले मुस्लिम समुदायको हकहितमा काम गर्ने पार्टी कांग्रेस भएको दावी गरे ।

त्यस्तै प्रदेश सरकारका मन्त्री वसिउद्दीन खाँ, नेता फखरुद्दीन खान, कांग्रेस रुपन्देही जिल्ला सचिव हरि काफ्ले, क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ, संविधानसभा सदस्य जन्नतुन निसा, मुस्लिम संघ रुपन्देहीका वरिष्ठ सल्लाहकार अहमद मिया हुसेन लगायतले बोल्दै कांग्रेस देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताए ।

नेपाल मुस्लिम संघ रुपन्देहीका अध्यक्ष मोहम्मद महबुब खानको सभापतित्व, उपसभापति जाकिर हुसेनको स्वागत तथा सचिव सबर मियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।