२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन

बिहिवार , पौष २२, २०७८

सुदुरपश्चिम, २२ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्य समेत रहेका उनले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताए । उनले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो पार्टीको सोच रहेको बताए ।

राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा सक्रिय राजतन्त्र नभई राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दू पहिचानसहितको व्यवस्था आवश्यक भएको उल्लेख गरे । रासस