
शुक्रवार , पौष २३, २०७८
भैरहवा, २३ पुस ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । शुक्रबार एमाले रुपन्देहीको ९ औं जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका हुन् । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार भइ दोस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर मुसलमान पनि एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको पार्टीका लुम्बिनी प्रदेश सदस्य गुणाखर भुसालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij