२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य चन्द्र के.सी.लाई सम्मान

शुक्रवार , पौष २३, २०७८

भैरहवा, २३ पुस ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित चन्द्र बहादुर के.सी.लाई भैरहवामा स्वागत तथा सम्मान गरिएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले केन्द्रीय सदस्य के.सी.लाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता के.सी.ले कांग्रेसले मुलुक र जनताको हितमा काम गर्दै आएको बताए । उनले एकताबद्ध रुपमा अगाडी बढ्नुपर्ने बताए ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनी, कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण, क्षेत्र नम्बर ३ (ख)का सभापति घनश्याम चालिसे, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का लगायतले बोल्दै आगामी निर्वाचनमा कांग्रेसलाई  पहिलो पार्टी बनाउन एकढिक्का भएर अघि बढ्न आग्रह गरे ।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क) का सभापति सुरेन्द्र जंग थापाको स्वागत तथा क्षेत्र नम्बर ३ का सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।