
आइतवार , पौष २५, २०७८
भैरहवा, २५ पुस ।
विभिन्न पार्टी परित्याग गरी १२५ जना नेता कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
राप्रपा रोहिणी गाउँपालिका–७ स्थित टिकरमा आयोजना गरिएको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा १२५ जना राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
राप्रपाका केन्द्रीय सदस्य ताहिर अली, लुम्बिनी प्रदेश समिति सदस्य सब्बिर पठान, रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, रुपन्देही जिल्ला सदस्य वीर बहादुर क्षेत्री लगायतले उनीहरुलाई पार्टीमा प्रवेश गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij