२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

देवदहमा जसपाको संगठन विस्तार 

बिहिवार , श्रावण १५, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares

  • भैरहवा, १५ साउन ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । बुधबार ओमसतिया गाउँपालिका–४ नरैनापुरमा टोल समिति गठन गरेको पार्टीले बिहीबार देवदह नगरपालिका–१२ सुक्रौलीमा टोल समिति गठन गरेको जसपाका युवा नेता विद्या यादवले बताए ।

    देवदह–१२ सुक्रौलीमा गोरख लोधको अध्यक्षतामा गठन गरिएको ५३ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा नारद कुर्मी चौधरी, गिता पाण्डेय, शिवपुजन लोध, सचिवमा अमेरिका लोध, कोषाध्यक्षमा गोबिन्द यादव र सह–सचिवमा चिनक लोध रहेका छन् ।

    टोल कमिटी गठन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’ले जनताको पीरमर्का बुझ्ने पार्टी जसपा रहेकोले दिनप्रतिदिन पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।