
आइतवार , श्रावण १८, २०७७
भैरहवा, १८ साउन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर १ ले संगठन विस्तार अभियालाई तीव्रता दिएको छ । सोही क्रममा आइतबार ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित कैलाशनगरमा ५१ सदस्यीय टोल समिति गठन गरिएको जसपाका युवा नेता विद्या यादवले बताए ।
जीवनदास चमारको अध्यक्षतामा गठन भएको टोल समितिको उपाध्यक्षमा ईला हरिजन, फूलपति हरिजन, चन्द्रवती कोइरी, सचिवमा श्रीराम हरिजन, कोषाध्यक्षमा रजिन्दर हरिजन र सह–सचिवमा प्रेमा कुमारी हरिजन रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij