२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश 

बुधवार , श्रावण २१, २०७७

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा, २१ साउन ।
    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित सपहीमा विभिन्न पार्टी परित्याग गरी बुधबार १५ जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । जसपामा प्रवेश गर्नेहरुमा लोरीक कहांर, विक्रम धोवी लगायत रहेका छन् ।

    उनीहरुलाई पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, र युवा नेता विद्या यादव सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए ।

    त्यस्तै लोरीक कहांरको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।