images

शुक्रवार, बैशाख २१ गते २०८१

कला संस्कृतिको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड

कला संस्कृतिको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड

खबर पात्रो
शनिवार, बैशाख ८ २०८१
खबर पात्रो
शनिवार, बैशाख ८ २०८१ (अर्काइभ बाट)
  • कला संस्कृतिको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड

    भैरहवा, ८ वैशाख ।
    नेपाल कमर्सियल आर्टिष्ट संघ जिल्ला कार्यसमिति, रुपन्देहीले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रम गरेको छ । शनिबार संघले लुम्बिनीमा उक्त कार्यक्रम गरेको हो ।

    images

    कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले नगरपालिकाकोतर्फबाट  नेपाल कमर्सियल आर्टिष्ट संघलाई सक्दो सहयोग गर्ने बताए । उनले कलाकारको संरक्षणका लागि नगरपालिकाले आवश्यक काम अघि बढाउने बताए ।

    त्यस्तै लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टले आर्टिष्ट आफैमा राम्रो शब्द भएको बताइन् । उनले भनिन्, ‘हामीले परम्परागत कुराहरु बिर्सेर आयातित कुरामा ध्यान दिएका छौं, प्रयोग गरिरहेका छौं । यसले हाम्रो देशको पुँजी बाहिरिएको छ ।’ उनले कला संस्कृतिको प्रचारप्रसार गर्दै अझ व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् । देशलाई सबल र सक्षम बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

    नेपाल कमर्सियल आर्टिष्ट संघ रुपन्देहीका अध्यक्ष दिनेशमणि कोहारले संघले कला संस्कृतिलाई बढावा दिदै आएको बताए । उनले भने, ‘पेन्टिङमार्फत विभिन्न सन्देश दिन खोजेका छौं । हामीलाई स्थानीय सरकारले अवसर दिनुपर्छ । लुम्बिनीमा कार्यक्रम गर्न पाउँदा खुसी भएका छौं ।’

    संघका संस्थापक अध्यक्ष उज्जवलकुमार दे कायस्थले स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, नगरपालिकाले हाम्रो पेशाको कदर गर्नुपर्छ । 

    संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमाल, सचिव बिशन गुरुङ, कोषाध्यक्ष तथा भित्तेपात्रो प्रकाशन समितिका संयोजक रवि घिमिरेलगायतले बोल्दै बुद्ध जन्मस्थल लुम्बिनीमा कार्यक्रम गर्न पाउँदा गर्वको अनुभुति भएको बताए । उनीहरुले स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

     

     

    साताको लोकप्रीय

    Copyright © All right reserved to khabarpatro Site By: sobij