२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक चलचित्र ‘सरी मम’ प्रदर्शन

आइतवार , कार्तिक १६, २०८२

  • 385
    Shares
  • 385
    Shares
  • बुटवल, १६ कार्तिक । एनएफ आई क्रियसन र चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको आयोजनामा शनिबार लागूऔषध दुव्र्यसनी नियन्त्रण सम्बन्धि जनचेतनामूलक फिल्म ‘सरी मम’ बुटवलस्थित फ्रेन्ड्स सिनेमामा प्रदर्शन सम्पन्न भएको छ ।

    विद्यालय कार्यक्रम अन्तर्गत रुपन्देहीका प्याब्सन, हिसान र सामूदायिक विद्यालय तथा कलेजमा कार्यरत शिक्षक एवं प्रतिनिधिमूलक बाल क्लबका विद्यार्थीहरु र सञ्चारकर्मीमाझ उक्त चलचित्र प्रदर्शन गरिएको हो । 
    बुटवल उपमहानगरपालिका, प्याब्सन रुपन्देही, एनप्याब्सन, हिसान, नार्कोनन नेपाल, फ्रेन्ड्स सिनेमाको सहयोगमा प्रदर्शन गरिएको १ घण्टा ४५ मिनेटको चलचित्र ‘सरी मम’ प्रदर्शन गरिएको छ । विनोद लामा कार्यकारी निर्माता रहेको फिल्म ‘सरी मम’ मा युवाहरु दुव्र्यसनीमा फस्न सक्ने कारणमध्ये साथी भाइको गलत संगत र पारिवारको वेवास्ता र सपोर्टको विषयमा चलचित्र केन्द्रित छ ।

    कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले अहिलेका युवाहरुको महत्वाकांक्षा बढी भएकाले कुलतमा जान सक्ने सम्भावना बढिरहेको बताउनुभयो । उहाँले घरमा बुवाआमाले आफ्ना सन्तानको लागि ख्याल नगर्दा दुव्र्यसनमा फसेर जीवन नर्क हुन सक्ने भएकाले आफना छोराछोरीको आनीबानी र साथीसंगतको बारेमा अभिभावकहरु पनि उत्तिकै सचेत हुनुपर्नेमा जोड दिनुभयो। 

    लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि सबैको निगरानी र प्रयत्न आवश्यक रहेको बताउँदै उपप्रमुख अर्यालले फिल्म अभिभावककामाझ विद्यार्थीलाई राखी प्रदर्शन गरिनुपर्ने बताउनुभयो । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेलेरुपन्देही पनि लागूऔषध ओसारपसारको ट्रान्जिट बनिरहेको अवस्थामा यो फिल्म प्रदर्शन निकै सान्दर्भिक भएको बताउनुभयो ।

    सोही अवसरमा लुम्बिनी प्याब्सनका अध्यक्ष लालहरी पाण्डेले समाजलाई दुव्र्यसनीबाट मुक्त गर्न घर, परिवार, समाज र प्रशासन सबैको एकता आवश्यक पर्ने बताउनुभयो । प्याब्सन बुटवलका अध्यक्ष मित्रहरी अर्यालले धेरै युवाहरु दुव्र्यसनीको सिकार भइरहेको अवस्थामा फिल्म सरी ममले सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

    IMG_0425.JPG

    तिलोत्तमा बालमैत्री नगर संजालका अध्यक्ष विबवक खड्काले किशोर उमेरबाटै गाउँगाउँमा लागूऔषध नियन्त्रण गर्न प्रहरी प्रशासनको प्रयत्नले मात्र सम्भव नभएकाले नागरिकले पनि यसमा सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । 

    कार्यक्रममा स्वागत गर्दै एनएफआई क्रियसनका बिनोद लामाले पछिल्लो समय युवाहरु कुलतमा फस्ने क्रम बढ्दै गएकाले सकारात्मक मार्गमा लाग्न प्रेरित गर्न सचेतनामुलक फिल्म सरीमम प्रदर्शन गरिएको जानकारी दिनुभयो । फिल्म प्रदर्शन कार्यक्रममा रुपन्देहीका विभिन्न विद्यालय र कलेजका करिब डेढ सय जना सरोकारवाला, विद्यार्थी एवं प्राध्यापकहरुको सहभागीता थियो ।

    सामाजिक तथा यथार्थमूलक पारिवारिक फिल्म सरीमममा कलाका हरु सरोज खनाल, सरिता लामिछाने, आरबी कटवाल, प्रभाल पाल ठकुरी, एलिस राई, बसन्त राज कुँवर, रोजिना मगर, युनिषा बजगाईं, बिहान श्रेष्ठ, लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय छ ।