बुधवार , कार्तिक १९, २०८२
काठमाडौं, १९ कार्तिक । पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर जेरी अन टप नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ ।
३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्रि गरेर उक्त चलचित्रले करोडौं कमाउन सफल भएको हो । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक १५ सम्मको बक्स अफिस रिपोर्टअनुसार अर्को बलिदान चलचित्रले ५ करोड १० लाख भन्दा बढी कमाएको छ ।
१ लाख ७१ हजार ६३ ओटा टिकट विक्री गरेर सो चलचित्रले ५ करोड भन्दा बढी कमाएको हो । अर्को चलचित्र हरिबहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार कमाएको छ । उक्त चलचित्रको १ लाख ४९ हजार २३७ वटा टिकट विक्रि भएको थियो ।
यस्तै, माइतिघरले १ लाख ४२ हजार ७१२ ओटा टिकट विक्री गरेर ४ करोड १५ लाख कमाएको छ अर्को चलचित्र वरिष्ठ बलरामको टिकट ८२ हजार ११७ ओटा विक्रि भएका छन् भने उक्त चलचित्रले २ करोड ४८ लाख कमाएको छ । अर्को मैझारो चलचित्रको टिकट ३३ हजार ९ सय ४२ विक्री भएका छन् भने उक्त चलचित्रले १ करोड भन्दा बढी कमाएको छ ।
प्रदर्शनमा आएको सोल्टिनीले खासै व्यापार गर्न सकेको देखिँदैन । उक्त चलचित्रको ८ हजार ८ सय ४ ओटा टिकट विक्री भएका छन् भने उक्त चलचित्रले समीक्षा अवधीमा २८ लाख ८० हजार मात्रै कमाएको रिपोर्टले देखाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij