२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

एनसेलका डेटा प्याक प्रयोग गर्दा मेट लाइफको बीमा सुरक्षा पाइने

शनिवार , कार्तिक २२, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • काठमाडौं, २२ कार्तिक । एनसेल र मेट लाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक एक योजना सुरु गरिएको छ । एनसेल तथा जीवन बीमा कम्पनी मेट लाइफ नेपालको सहकार्यमा ग्राहक लक्षित यो कार्यक्रम ल्याइएको हो । एनसेलको डेटा प्याक सेवा लिने ग्राहकहरूले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउनेछन् ।

    नेपालमै पहिलोपटक सुरु गरिएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन बताइएको छ । जसमा डेटा प्रयोगसँगै बिमा सुविधा पनि प्राप्त हुनेछ ।
    उपलब्ध दुई प्याकेजहरूमध्ये पहिलोमा करसहित रु. ९९ को प्याक रहेको छ । ३ दिन समय सीमा रहेको यो प्याकमा १०० एमबी डेटा, रु. २ लाख बराबरको म्यादी जीवन बीमा र रु. २ लाख बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरीद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।

    त्यस्तै दोस्रोमा रु. ३९ को प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा, रु. ५० हजार बराबरको म्यादी जीवन बीमा र रु. ५० हजार बराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहनेछ ।

    ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मन पर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुईमध्ये एक प्याक लिन सक्छन् । यी प्याकहरू ८१२३८४८६३ डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरूको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउनेबित्तिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुन्छ ।

    ‘मेट लाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षासहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुसी छौं । यो सहकार्यले नेपाली समुदायको तल्लोस्तरसम्म पुगेर ठुलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,’ एनसेलका चीफ

    कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भन्नुभयो ।
    मेट लाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भन्नुभयो–‘मेट लाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौं । यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाई र तपाईको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु हो ।’

    यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट वञ्चित विकट दूरदराजका समुदायहरूलाई यसले ठुलो महत्व राख्नेछ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया र प्रभावकारी बीमा सुविधासहितको ‘डाटासँगै जीवन बीमा’ योजनाले नेपालको वित्तीय समावेशीता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्त्वपूर्ण यात्रा सुरु गरेको एनसेलले जनाएको छ ।