२०८२, फाल्गुण २२ गते

Mar 06 2026 | २०८२, फाल्गुण २२ गते

निर्वाचनले मुलुक र संविधान जोगायो

शुक्रवार , फाल्गुण २२, २०८२

  • 451
    Shares
  • 451
    Shares
  • काठमाडौं, २२ फागुन । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतको भन्दा निकै गुणस्तरीय भएको दाबी गर्दै उहाँले यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताउनुभएको हो ।

    गृहमन्त्री अर्यालकाअनुसार यदि निर्वाचन हुन नसकेको भए देश, मानवता र संविधान सबै गम्भीर जोखिममा पर्ने अवस्था थियो । यस पटकको निर्वाचनमा रगतको एक थोपा पनि नबगेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको दाबी गर्नुभयो ।

    विगतका निर्वाचनहरूमा धेरै ठाउँमा झडपका कारण मतदान स्थगन गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने बाध्यता रहे पनि यसपटक देशभर एकैचोटी शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यसलाई चुनावी सरकारको ठूलो सफलता मान्दै उहाँले अब राजनीतिक सुशासनका लागि नयाँ मानक तय भएको स्पष्ट पार्नुभयो । 

    उहाँले भन्नुभयो, ‘चुनावले मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको एउटा प्रत्याभुति दिएको छ । यो चुनाव हुन नसकेको भएदेखि हाम्रो मुलुक, मानवता र संविधान सबै जोखिममा पर्न सक्थ्यो । अब हामीले चुनाव गरेका छौँ र चुनाव पनि निष्पक्ष चुनाव गरेका छौँ । चुनावी सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो ।

    हामीले पहिलाको भन्दा गुणस्तरीय चुनाव गरेका छौँ । सुदृढ चुनाव गरेका छौँ । यहाँहरू सबैलाई थाहा छ यसपालि रगतको एक थोपा पनि बगेको छैन चुनावको क्रममा । र हाम्रो सरकार गठन भएदेखि नै राजनीतिक हिंसाबाट रगतको थोपा पनि बगेको छैन । त्यो प्रत्याभुति दियौँ ।

    चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन् एकाध बाहेक र त्यसलाई पनि हामीले रोकथाम गरेर त्यसलाई काबूभित्र राखेर चुनाव गरायौँ, मतदान गरायौँ । पहिला पहिला स्थगन हुन्थ्यो, धेरै सङ्ख्यामा स्थगन हुन्थ्यो । फेरि चुनाव गराउनु पथ्र्यो । अहिले देशभरि नै एकैचोटी मतदान सम्पन्न भएको छ । स्थगन गर्नुपरेको कुरा अवस्था पनि छैन ।

    यो सबै कुरा हामी एउटा राजनीतिक सुशासनको लागि यति अब अब मानकहरू हामीले बढाउनै पर्छ, मानक बढाउनु पर्छ । हाम्रा मानकहरूलाई सुदृढ गर्नुपर्छ ताकि भविष्यमा आउने सरकारले पनि ती मानकहरू भत्काउन नसकोस्, त्यो भन्दा घटी मानक घटाउन नसकोस् ।’

    सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको उहाँको भनाइ छ ।