२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता 

बुधवार , भाद्र ३, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • काठमाण्डौ ३ भदौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) दर्ता गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो । 

    सो दलले गत असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि  निवेदन दिएको थियो । मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न आयोगमा निवेदन परेको थियो । 

    सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित गर्ने लगायतका काम सम्पन्न गरेपछि आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    आयोगले आज बुधबार नै दल दर्ता गर्ने निर्णय गरेको हो । दल दर्ता भएपछि आयोगले पार्टीलाई प्रमाण पत्र दिने छ ।