
बिहिवार , भाद्र ४, २०७७
भैरहवा, ४ भदौ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का रुपन्देही जिल्ला सदस्यसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा ओमसतिया गाउँपालिका वडा नम्बर ६ को आयोजनामा बिहीबार भएको कार्यक्रममा जसपा र नेपाली कांग्रेस परित्याग गरी १६ जना नेकपामा प्रवेश गरेको स्थानीय पत्रकार पशुपति यादवले जानकारी दिए ।
नेकपामा प्रवेश गर्नेहरुमा जसपाका जिल्ला सदस्य अबरार पठान (तौलन), मञ्जुर पठान, जाकिर अली, गिता चौधरी, बबुन्ना नाउ, इसरार पठान, इम्ताज पठान (रुदाली), सद्दाम पठान, मकबुल चुरिहार, तास विक्रम हरिजन, रबिन्द्र हरिजन, जाखिर हुसेन, शेर अली पठान, राजेन्द्र यादव, राजु धरिकार र रामवृक्ष कोहार रहेका छन् ।
उनीहरुलाई नेकपा प्रदेश नम्बर ५ कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर १ का इञ्चार्ज हिरा केवट (राहुल), जिल्ला सचिवालय सदस्य संजय गुप्ता, पार्टीका जिल्ला सदस्य तथा ओमसतिया गाउँपालिका अध्यक्ष प्रमोद यादव लगायतले पार्टी प्रवेश गराएका थिए ।
नेकपा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजकुमार मिश्राको अध्यक्षता तथा पार्टीका नेता भण्डारी गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा ओमसतिया गा.पा.–६ का वडाअध्यक्ष शिव कुमार धवल, देवदह नगर कमिटी सचिवालय सदस्य अजय कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij