
बिहिवार , भाद्र १८, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाईएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो ।
बिहान ११ बजेका लागि बोलाईएको बैठक दिउसो ३ बजेका लागि सारिएको थियो । गत भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि आजका लागि बैठक बोलाइएको थियो ।
बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् ।
त्यसबाहेक बैठकमा राष्ट्रिय सभाको रिक्त एकजना मनोनित गर्ने एक सदस्य पदमा कसलाई लैजाने भन्नेबारे समेत निर्णायक छलफल गर्ने नेताहरुको तयारी छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच युवराज खतिवडा कि वामदेव गौतम भन्नेमा एकमत हुन सकेको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij