२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

विभिन्न पार्टी परित्याग गरी ६० जना जसपामा प्रवेश

शनिवार , भाद्र २७, २०७७

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • भैरहवा, २७ भदौ ।
    रुपन्देहीको रोहिणी गाउँपालिकामा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न पार्टी परित्याग गरी ६० जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । रोहिणी–३ परासीझुंगामा शनिबार आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६० जना जसपामा प्रवेश गरेको पार्टीका युवा नेता विद्या यादवले बताए ।

    उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव, महेन्द्र गुप्ता (प्रशान्त), विजय बहादुर सिंह थारु, रामधर हरिजन, रोहित सहानी लगायतले पार्टीमा प्रवेश गराए ।

    यसैबीच शनिबार रोहिणी गाउँपालिका–३ परासीझुंगा उत्तरटोलामा धनीराम घर्तीको अध्यक्षतामा १०१ सदस्यीय टोल कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुरज कुमार घर्ती, गिता यादव, रोहित हरिजन, विनोद चौधरी, उपेन्द्र घर्ती, सचिवमा हेमन्त चौधरी, कोषाध्यक्षमा नारायण चौधरी र सह–सचिवमा अशोक खवास रहेका छन् ।