२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पूर्व स्वास्थ्यमन्त्री बोहराद्वारा जयसवालको मृत्युको निष्पक्ष छानबीनको  माग 

बिहिवार , आश्विन ८, २०७७

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराले रुपन्देहीको सिद्धार्थनगर निवासी रामलखन जयसवालले मृत्यु निष्पक्ष छानवीनको माग गरेका छन् । 

बोहराले सामाजिक संजाल फेसबुकमार्फत जयसवालको मृत्यु संकास्पद रहेको भन्दै निष्पक्षर स्वतन्त्र छानविनको माग गर्दै दोषि उपर कडा कार्वाहीको माग गरे ।  

‘निष्पक्ष छानबीन गरी सत्यतथ्य जनसमुदाय समक्ष ल्याउन सरकारसंग जोडदार माग गर्दछु, उनले भने ।’
सिद्धार्थनगर नगरपालिका ५ का पूर्ववडाध्यक्ष समेत रहेका जैसवाल २९ वैशाख २०६९ सालदेखि कैद जीवन विताइरहेका थिए ।