२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

जनमत पार्टी ओमसतिया–५ को अधिवेशन सम्पन्न

आइतवार , आश्विन ११, २०७७

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • भैरहवा, ११ असोज ।
    जनमत पार्टी रुपन्देही, ओमसतिया गाउँपालिका वडा नम्बर ५ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा ११ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।

    वडा तदर्थ समिति संयोजक लक्ष्मी शंकर पाण्डेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादवले जनमत पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।

    कार्यक्रममा अधिवेशन प्रतिनिधि संयोजक रामकेश गुप्ता, चन्द्रशेखर सोनार, क्षेत्रीय संयोजक शम्भु यादव, चन्द्र कुमार सिंह, रोहिणी गाउँपालिका इञ्चार्ज विष्णु चौधरी, ओमसतिया इञ्चार्ज अम्मर सिंह चौधरी, सुजित चौधरी, सब्बीर खान लगायतको उपस्थिति रहेको थियो । शिवचरण केवटको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।