
मंगलवार , आश्विन १३, २०७७
बुटवल, १३ असोज ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तीव्र पारिएको छ । जसअन्तरगत तरुण दल बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतीनगर इकाई गठन भएको हो । तरुण नेता साजन भारीको अध्यक्षतामा भएको कार्यक्रमा कांग्रेसका वडा सभापति चित्र बहादुर वर्माले अन्यायकाविरुद्ध तरुणहरु जागरुक हुनुपर्ने बताए ।
सो अवसरमा कांग्रेसका नेता जित बहादुर मल्लले विकृति र विसंगगिका विरुद्ध तरुणहरु जाग्नुपर्ने बेला आएको बताए । तरुण दलका नगर सभापति सुजन पुनले तरुणहरुलाई संगठित गर्ने र रचनात्मक कार्यमा लगाउने अभियानमा आफुहरु लागिरहेको बताए । नेपाली कांग्रेसका क्षेत्रीय सह–सचिव नेत्र भट्टराईले युवाहरु संरक्षणका लागि कांग्रेस सधै साथमा रहेको बताए ।
कार्यक्रममा तरुण दलका जिल्ला सदस्य सुनिल शाही, वडा सचिव दुर्गा वहादुर खत्री, उपसभापति कृष्ण बहादुर जिसी लगायतले बोलेका थिए ।
भेलाबाट गिरमान राजकोटीको अध्यक्षतामा २५ सदस्यीय तरुण समिति गठन भएको छ । उसको उपाध्यक्षमा आकाश थापा, सचिवमा अनित चौधरी, सह–सचिवमा करिस्मा वस्याल र कोषाध्यक्षमा कृष्ण थापा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij