२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

विभिन्न पार्टी परित्याग गरी १० जना जसपामा प्रवेश

शुक्रवार , आश्विन १६, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १६ असोज ।
    रुपन्देहीको ओमसतिया गाउँपालिका–६ पोखरवा टोलमा बिहीबार विभिन्न पार्टी परित्याग गरी १० जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । उनीहरुलाई जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’, युवा नेता विद्या यादव लगायतले पार्टीमा प्रवेश गराए ।

    यसैबीच ओमसतिया–६ पोखरवा टोलमा सुरेन्द्र केवटको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रहमत अली, विजय सहानी, भाजुराम केवट, कमलेश केवट, प्रकाश केवट, सचिवमा संजय केवट, कोषाध्यक्षमा दिल बहादुर केवट र सह–सचिवमा शिव कुमार केवट रहेका छन् ।