२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

आज एमालेको वडा अधिवेशन

शनिवार , कार्तिक ६, २०७८

भैरहवा, ६ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार (आज) देशभर वडास्तरीय अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।  गाउँपालिका तथा नगरपालिका अन्तर्गत वडा अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक जना, उपसचिव २ गरी पाँच सदस्यीय पदाधिकारीसहित बढीमा ३१, उपमहानगरपालिकामा ४१ र महानगरपालिकामा ५१ सदस्यीय कमिटी हुनेछ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।