
सोमवार , कार्तिक ८, २०७८
काठमाडौं, ८ कात्तिक । सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ ।
जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उनले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताएका हुन् ।
‘यो विषयमा राजनीतिक दल प्रवेश गरेर बोल्न मिल्दैन, सम्बन्धित सरोकारवाला निकाय नेपाल बार एसोसियसन, पूर्वन्यायाधीशको फोरम छ,’ शर्माले न्युज कारखानासँग भने, ‘हामीले डिफेन्स पनि गर्न मिल्दैन, समर्थन पनि गर्न मिल्दैन ।’
प्रधानन्यायाधीश जबराले आज सोमबारका लागि बोलाएको सर्वोच्चको फुलकोर्ट १४ जना न्यायाधीशले बहिस्कारको निर्णय लिइसकेपछि न्युज कारखानाले कांग्रेस प्रवक्ता शर्मासँग प्रतिक्रिया लिएको हो । फुलकोर्ट बहिस्कारको निर्णय लिएका न्यायाधीशको बैठक बिहान ११ बजे बस्दैछ । नेपाल बारले पनि बिहान ११ बजे बैठक डाकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij