images
images

आइतवार, जेठ ६ गते २०८१

तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत नतिजा आउने पौडेलको दाबी

तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत नतिजा आउने पौडेलको दाबी

images
images
images
मंगलवार, कार्तिक ९ २०७८
मंगलवार, कार्तिक ९ २०७८
  • तीनै तहको चुनावमा एमालेको ६० प्रतिशत नतिजा आउने पौडेलको दाबी

    बुटवल, ९ कात्तिक। एमाले उपमहासचिव विष्णु पौडेलले अबको तीनै तहको चुनावमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउने दाबी गरेका छन् ।

    images
    images
    images

    रुपन्देहीमा पार्टीको तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशनको मंगलबार उदघाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले एमाले एक्लै चुनाव लडेर ६० प्रतिशत स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत सिटमा विजयी हासिल गर्ने दाबी गरेका हुन् ।

    ‘सत्तारुढ पाँचदलीय गठबन्धनका विरुद्ध एमाले एक्लै चुनाव लड्छ र अघिल्लो चुनावभन्दा बढी नतिजा हासिल गर्छ,’ उनले भने, ‘तीनै तहको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी नतिजा ल्याउँछौं ।’

    पार्टी कब्जा गर्ने र समाप्त गर्ने षडयन्त्रलाई कार्यकर्ताले असफल तुल्याएको भन्दै उपमहासचिव पौडेलले केही नेता चोइटिएर गए पनि एमाले एकढिक्का रहेको दाबी गरे । ‘एमाले विभाजित भएको छैन, एकतावद्ध छ, यसको पुष्टि आगामी निर्वाचनले गर्ने छ,’ उनले भने ।

    एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष लीला गिरीले वडा अधिवेशनले देशव्यापी रूपमा पार्टी एकताको सन्देश दिएको र स्थानीय तहको अधिवेशनले यसलाई अझ फराकिलो पार्ने बताए ।

    रुपन्देही एमाले इन्चार्ज दधिराम न्यौपानेले पार्टीलाई अझ संगठित, चुस्त दुरुस्त र बलियो बनाएर लैजाने जिम्मेवारी कार्यकर्ता पंक्तिमा आएको भन्दै यो जिम्मेवारीलाई पार्टीका सबै कमिटीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij