images

शनिवार, बैशाख २२ गते २०८१

वर्तमान सरकार विकासको बाधक : विष्णु पौडेल

वर्तमान सरकार विकासको बाधक : विष्णु पौडेल

images
images
images
मंगलवार, कार्तिक ९ २०७८
मंगलवार, कार्तिक ९ २०७८
  • वर्तमान सरकार विकासको बाधक : विष्णु पौडेल

    भैरहवा, ९ कात्तिक ।

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा पूर्व उपप्रधान, अर्थ तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विकासको बाधकको रुपमा देखिएको बताएका छन् । उनले यो सरकारले राम्रो काम गर्ने सम्भावना नरहेको र सरकारले नराम्रो काम गरिरहेको आरोप लगाए । नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई मंगलबार भैरहवामा उद्घाटन गर्दै पौडेलले उनले सरकारका हरेक निर्णय विवास्पद भएको उनले बताए ।

    उनले एमाले नेतृत्वको सरकारले गरेका सकारात्मक/रचनात्मक कार्यहरुलाई सम्पन्न गर्ने नभइ अहिलेको सरकारले त्यसलाई अलपत्र पार्ने काम गरेको बताए । पूर्ववती सरकारले ल्याएको बजेट कटौती गरेर सरकारले आयोजना सम्पन्न गर्न समेत नचाहेको उनले बताए । 

    ‘भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो फेजको कामका लागि सरकारले बजेट कटौती गरेको छ, ’उनले भने । यस्तो अवस्थामा दोस्रो फेजको काम सम्पन्न जनतालाई लिएर एमालेले दबाबमूलक कार्यक्रम गर्नुपर्ने उनले बताए ।

    एमाले नेतृत्वको सरकारको विरुद्धमा गम्भिर प्रहार हुँदै आएको र त्यो प्रहारलाई पार्टीले परास्त गर्दै आएको नेता पौडेलले बताए । उनले पार्टीको असोजमा सम्पन्न विधान महाधिवेशनले एमालेलाई विभाजित र कमजोर पार्न र सकिन्न तथा पार्टी कुनै पनि हिसाबले कमजोर छैन भन्ने प्रमाणित गरेको बताए ।

    ‘एमाले फुट्यो भन्ने कुरा कसैले पत्याउँदैनन्, फोड्न खोजियो तर सकेनन्, कमजोर पार्न सकिन्छ कि भन्ने प्रयास असफल भएकाले यसमा चिन्तित हुनुपर्दैन, ’नेता पौडेलले भने ।

    bishnu pdl 2.jpg

    एमालेलाई हराउन सम्भव नभएको दावी गर्दै उनले पार्टी सरकारमा बस्नु/नबस्नुले कुनै फरक नपार्ने बताए । उनले विगतमा पनि प्रतिपक्षमा बसेर अधिकांश स्थानमा एमालेले जितेको बताए । ‘हामीसंग जनताको तागत छ, अहिले हामीले सिंहदरबारतिर फर्केर हेरेका छैनौं, यो सरकार गिराउन २४ घण्टा लाग्दैन, संसदको अंकगणिततिर हाम्रो ध्यान छैन, ’उनले भने । आगामी निर्वाचनमार्फत सिंहदरबार जाने उनको भनाइ थियो ।

    ‘यो प्रतिनिधिसभाले काम गर्न सक्दैन भनेर विघटन गरेका थियौं, यद्यपि अदालतले त्यसलाई सदर गरेन, तर ताजा जनादेशमा जानुपर्छ, ’उनले भने । एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने उनले दावी गरे ।
     एमालेको एकल बहुमतको सरकारले मुलुकको नेतृत्व गर्नुपर्ने उनले जिकिर गरे ।
    रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षडयन्त्र भएको र केही व्यक्तिले नयाँ पार्टी खोलेर कांग्रेसको पछि लागेर दिन गुजारिहेको बताए ।
    ‘गठबन्धन जोगाउँछौै भनेको कांग्रेसको पछाडी लाग्छौं भनेको हो, जो एक्लै चुनाव जित्न सक्दैन, त्यो पार्टी कांग्रेसको पुच्छर बनेको छ, ’पौडेलले भने । पार्टी नेतृत्वले सिद्धार्थनगरको कामलाई महत्वपूर्ण रुपमा हेरेको बताए । सिद्धार्थनगरको विकासमा ध्यान दिएर आगामी निर्वाचनमा भारी मतका साथ निर्वाचन जित्नुपर्ने उनको भनाइ थियो ।

    एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य नेत्र पन्थीले एमाले नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको दावी गरे । उनले एमालेलाई कसैले हराउन नसक्ने बताए । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले पार्टी सशक्त रुपमा अगाडी बढेको बताए ।

    पार्टीका केन्द्रीय सल्लाहकार सदस्य यज्ञजित शाहले पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताए । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज बराल (अनुप)ले व्यक्तिगत अराजकतालाई परास्त गर्नुपर्ने बताए ।
    पार्टीका प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।

    एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले पार्टी भित्रको गलत प्रवृत्तिलाई समाप्त पार्दै गतिशिल बनाउने अभियानमा लाग्नुपर्ने बताए ।
    पार्टीका जिल्ला सदस्य उमा अधिकारीले अब युवाहरुले नेतृत्व पाउनुपर्ने बताइन् । एमाले जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीलाई विगतको निर्वाचनले कम्युनिष्ट कमजोर छैनन् भन्ने पुष्टि गरेको बताए ।

    एमाले सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यको अध्यक्षता, युवा नेता चक्र बहादुर थापाको स्वागत तथा नगर सचिव थानेश्वर पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij