
शुक्रवार , आश्विन १६, २०७७
भैरहवा, १६ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेशसभामा पेश गरिएकोराजधानीबारेको प्रस्ताव संशोधन गर्न आग्रह गरेका छन् । उनले सरकारको प्रस्ताव अनुचित रहेको बताए ।
बुटवल भौतिक पूर्वाधार निर्माणको हिसाबले पनि उपयुक्त ठाउँ हो, यातायातको सुविधा र आवागमनको हिसाबमा पनि संघीय राजधानी काठमाण्डौ र अन्य प्रदेशका राजधानी जान पनि सजिलै छ, उनले भने ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि विदेश जान र विदेशबाट आउन पनि सहज पूर्वाधार भएको ठाउँ रुपन्देही भएको उनको दावी छ ।
सुरक्षाको हिसाबले पनि नेपाली सेनाको पृतना पनि बुटवलमै रहेको र भौतिक पूर्वाधारको हिसाबले, सडक सञ्जाल, पाँच नम्बर प्रदेशका सबै जिल्लामा पुग्न सहज देखेर बुटवल नै उपयुक्त ठानेर त्यति बेलाको सरकारले प्रदेश ५ को राजधानी तोकेको खांणले बताए ।
अहिले शंकर पोखरेलले आफू मुख्यमन्त्री भएको बेलामा विज्ञहरुको सल्लाहलाई पनि पन्छाइदिनुभयो, खांणले भने ।
महामारीको बेलामा जनता आन्दोलित भए भने प्रदेश र संघिय सरकारले सम्हाल्न सक्दैन, यो उचित निर्णय पनि होइन, त्यसैले सरकारसँग यो निर्णय फिर्ता लिनको लागि म आग्रह गर्छु, उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij