२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

बागमतीको मुख्यमन्त्रीमा पाण्डेद्वारा दाबी प्रस्तुत

बुधवार , कार्तिक १०, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • मकवानपुर, १० कात्तिक । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन् ।

     उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभएअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका थिए।

     यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए । रासस