२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

राप्रपा रूपन्देहीद्वारा चियापान तथा शुभकामना आदान–प्रदान

आइतवार , कार्तिक १४, २०७८

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व एवं नेपाल सम्बतको अवसर पारेर चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ। राप्रपा रुपन्देही जिल्ला कमिटीद्वारा शनिबार भैरहवामा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पार्टिका बरिष्ठ नेता दीपक बोहरा तथा जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै पार्टीका बरिष्ठ नेता दीपक बोहराले बिभिन्न खाले चाडपर्वले नेपालीहरुमा सुख, शान्ति र समृद्धि ल््याउने तथा एकताको सुत्रमा बाध्न सहयोग गर्ने बताए। उनले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर पार्टिको हितमा काम गर्न आग्रह गरे।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष प्रदीप उदय, उपाध्यक्ष कैलाश गुरुङ, केन्द्रिय सम्पादन समिति सदस्य ताहिर अली, रुपन्देही जिल्ला अध्यक्ष सागरप्रताप राणा लगाएतले बोल्दै चाडपर्वले नेपालीहरुलाई गोलबन्ध गर्नुका साथै बन्धुत्व र भातृत्वको विकास गरेको बताए ।

उनीहरुले आगामी निर्वाचन केन्द्रित भएर पार्टी काममा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टी एकजुट भएर लागे निर्वाचनमा सफल हुनुका साथै धेरै ठाउँमा नेतृत्व लिन सकिने नेताहरुले जोड दिए।

यस्तै, कार्यक्रममा उद्योगी नारायणप्रसाद अग्रवाल, समाजसेवी हाली अब्दुल कलाम आजाद, जनता समाजवादी पार्टीका प्रदेश सदस्य उज्ज्वल पोखरेल, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राप्रपा जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताको स्वागत तथा सचिव बलराम शर्माको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा व्यवसायी ओमकार गौचन, पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा गाउँपालिका एवं वडा कमिटीका पदाधिकारी, सदस्य एवं भैरहवा क्षेत्रका उद्योगी व्यवसायीको सहभागिता थियो ।