२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

एमाले रोहिणी–३ मा महिला नेतृत्व

बिहिवार , कार्तिक १८, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • भैरहवा, १८ कात्तिक ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोहिणी गाउँपालिका वडा नम्बर ३ मा महिला अध्यक्ष निर्वाचित भएकी छन् । गत कात्तिक ६ गते सम्पन्न एमालेको प्रथम वडा अधिवेशनले पवि क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    कमिटीको उपाध्यक्षमा सरस्वती चौधरी, सचिवमा राजकिशोर त्रिपाठी, सह–सचिवमा सन्देश यादव र मधुदेवी कोहार निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित पवि क्षेत्रीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै जनताको हकहितमा काम गर्ने बताइन् । उनले भनिन्, ‘मलाई विश्वास गरेर यहाँका पार्टी सदस्यहरुले वडाअध्यक्षको जिम्मेवारी दिनुभएको छ, जिम्मेवारी पुरा गर्नेछु ।’

    रोहिणी गाउँपालिकामा महिलाले वडाअध्यक्षको जिम्मेवारी पाएको सम्भवत यो पहिलो पटक भएको एमाले रोहिणी गाउँपालिकाका सचिव भोला बहादुर क्षेत्रीले बताए ।