२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

एमाले भएकैले संविधान बचेको हो : अध्यक्ष ओली

आइतवार , कार्तिक २१, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, २१ कात्तिक ।
    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताएका छन् ।

    एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमाझैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे । 

    उनले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा भएकाले सबै कार्यकर्ताले यसबारे जनस्तरमा चेतना फैलाएर आगामी निर्वाचनमा जित्ने गरी काम गर्न आग्रह गरे । अध्यक्ष ओलीले भने “हामी बरु सरकार छोड्न तयार छौँ तर संविधान च्यात्न दिँदैनौँ । लोकतन्त्रलाई तलमाथि हुन दिँदैनौँ । हामीले लडेर ल्याएको लोकतन्त्रलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन हामी कटिबद्ध छौँ ।”  

    कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई एमालेमा स्वागत गर्दै अबको निर्वाचनमा कर्णालीमा कुनै भ्रम छर्नेले नभई चेतनायुक्त पार्टी एमालेले जित्नुपर्ने बताए । रासस