
मंगलवार , कार्तिक २३, २०७८
भैरहवा, २३ कात्तिक ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा प्रस्तुत भएपछि मात्र पार्टीले धारणा बनाउने बताएका छन् ।
जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका–३ धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमपश्चात पत्रकारहरुसंग कुराकानी गर्दै यादवले भने, ‘एमसीसीको विषयमा संसदमा आएपछि धारणा सार्वजनिक गरौैला ।’
उनले एमसीसीले पार्ने सकारात्मक र नकारात्मक प्रभाव र नेपालको राष्ट्रिय हितको विषयमा जसपा अध्ययन र छलफलकै क्रममा रहेको बताए ।
अध्यक्ष यादवले भने, ‘संसदमा आएपछि यसबारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्छ, अहिले त संसद पनि बन्द छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij