images

शुक्रवार, बैशाख ७ गते २०८१

सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्षसहित ८ सय बढी कांग्रेसमा प्रवेश

सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्षसहित ८ सय बढी कांग्रेसमा प्रवेश

images
images
images
बुधवार, कार्तिक २४ २०७८
बुधवार, कार्तिक २४ २०७८
  • सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्षसहित ८ सय बढी कांग्रेसमा प्रवेश

    भैरहवा, २४ कात्तिक ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका उद्योग उपाध्यक्ष दिलिप कान्दुसहित ८ सय जना बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस सिद्धार्थनगर नगर समिति, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको गृहमन्त्री बालकृष्ण खांणको स्वागत, सम्मान, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा ८ सय जना बढी कांग्रेसमा प्रवेश गरेका हुन् ।

    images
    images
    images

    त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य संजय बेरिवाल कांग्रेसमा प्रवेश गरेका छन् । बेरिवाल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को उम्मेदवार भएका थिए ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का पूर्व वडाअध्यक्ष भरत विजुक्छे, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्तासहित ८ सय जना बढी कांग्रेसमा प्रवेश गर्नुभएको कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले बताए । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खांण, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, संविधानसभा सदस्य इस्तियाक अहमद खान लगायतले पार्टीमा प्रवेश गराएका थिए ।

    IMG_8924.JPG

    सो अवसरमा बोल्दै गृहमन्त्री खांणले कांग्रेसमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई पार्टीमा विभिन्न जिम्मेवारी दिइने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij